राष्ट्रिय वाणिज्य बैंकको उप-कार्यकारी अधिकृतमा थापा

NewsBankNepal Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , ३ महिना अगाडि

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको उप–कार्यकारी अधिकृत पदमा रामकुमार थापा नियुक्त भएका छन् ।
गत साउन ३ गतेकाे बैंक सञ्चालक समितिको निर्णयअनुसार थापालाई मुख्य प्रबन्धकबाट उप–कार्यकारी अधिकृतमा बढुवा गरिएको हो । उप-कार्यकारी अधिकृत ११ औं तहकाे पद हाे ।

थापा २०५४ सालमा शाखा अधिकृत (तह- ७)बाट तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थिए ।थापाले व्यवस्थापन विषयमा एमफिल गरेका छन् ।