‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि


२ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै राजीनामा दिन्छु

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर वर्तमान सरकार बनाएको हुँदा यो सरकार ढल्ने त के ढलपल पनि नहुँने बताएका छन् ।

मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् । उनले भनेका छन् -‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो,यसपछि शेरबहादुरजीको नेतृत्वमा जाने हो । २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न।’

सत्ता र प्रतिपक्षी दलले प्रधानमन्त्री ओलीले आफ्नाे कार्यकालपछि सहजै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्दैनन् भन्ने आशंकाका गरिरहँदा प्रधानमन्त्री ओलीले साे विषयमा प्रष्ट पारेका हुन् ।