नेकको प्राचार्यमा प्रोफेसर भण्डारी नियुक्त

Dipak Pudasaini Education , Latest Update , News/समाचार , प्रदेश , प्रविधि , २ वर्ष अगाडि

भक्तपुर, १६ साउन । नेपाल इन्जिनियरिङ्ग कलेज, भक्तपुरको प्राचार्यमा प्रोफेसर दुर्गा प्रसाद भण्डारी नियुक्त भएका छन । कलेज सञ्चालन समितिको साउन १४ गते बसेको २९ औं बैठकले प्रोफेसर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

स्थापनाकाल देखिनै नेकमा आबद्ध भण्डारीले यसअघि कार्यबाहक प्राचार्यको भुमिका निर्बाह गरिसकेका छन ।

प्राचार्य भण्डारीले स्थापना कालदेखी नै कलेजको बिकासका निमित्त मिहेनत गरेको र उनि कार्यबाहक प्राचार्य रहेको समयमा इन्मान्दार र लगनशील भएको कारण भण्डारीलाई नै प्राचार्यमा नियुक्त गरिएको चागुनारायण नगरपालिकाका प्रमुख तथा नेपाल इन्जिनियरिङ्ग कलेज संचालक समितिका अध्यक्ष जीवन खत्रीले जानकारी दिए।
कलेज सञ्चालन समिति सदस्य नरेश खड्काले नेपाल इन्जिनियरिङ कलेजलाई चागुनारायण नगरपालिका भित्र ल्याउन आफू लगायतका ब्यक्तिहरुको ठुलो योगदान रहेको स्मरण गर्दै यो कलेजले निरन्तर रुपमा चागुनारायणको गरिमाको रुपमा कार्य गर्दै आइरहेको कुरामा जोड दिदै कलेजको आर्थिक, प्रशासनिक क्षमता विकास गर्दै कलेजलाई नयाँ उचाईमा पुर्याउन प्राचार्य पदमा भण्डारीलाई नियुक्त गरिएको जानकारी दिए ।
नेपाल इन्जिनियरिङ्ग कलेजमा हाल ६ संकायमा करिब १६०० विद्यार्थी अध्यनरत छन् ।