काठमाडाैं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ ।
मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।