कक्षा १२ को नतिजा सार्वजनिक

Bhim Thapa Latest Update , News/समाचार , ५ महिना अगाडि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख १४ देखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ८ सय ६८ विद्यार्थी सहभागी भएकामा ५२ दशमलब ९-१ प्रतिशत अर्थात् २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक १ लाख ८७ हजार २१ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

२ दशमलब ८-१ देखि ३ दशमलब २-० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी ७८ हजार ७५ रहेको छ । यस्तै, २ दशमलब ४-१ देखि २ दशमलब ८-० जीपीए प्राप्त गर्नेको संख्या ६१ हजार छ । ३ दशमलब २-१ देखि ३ दशमलब ६-० प्राप्त गर्नेको संख्या ४६ हजार ८ सय ९३ र ३ दशमलब ६-१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ छन् । यस्तै, १ सय २ विद्यार्थीको परीक्षा रद्द भएको छ ।

बोर्डले ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थीलाई १ हजार ५ सय २६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरेको थियो ।