शान्ती श्रीलाई तिजमा पनि भिषा कै चिन्ता (भिडियो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , प्रवास , २ महिना अगाडि

काठमाडौं १८ साउन । सुमधुर स्वरकी धनी गायिका शान्तिश्री परियारलाई तिजमा पनि भिषा लाग्ला कि नलाग्ला भन्ने चिन्ताले पिरोल्न थालेको छ । शान्ती श्रीको स्वर, नारायण रेग्मीको शब्द रचना, लक्ष्मण पोखरेलको संगीतमा तीज गीत ‘लाग्छ कि लाग्दैन भिषा वरिलै’ मार्फत उक्त पिरलो सार्वजनिक भएको हो ।
मौलिक लोक भाकामा रमाईलो शैलिमा प्रस्तुत गरिएको गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन । विदेश जान मरिहत्ते गर्ने छोरीलाई आमा आफ्नै देशमा केहि गर्न प्रेरित गर्ने कथामा निर्माण गरिएको गीतमा नायिका रिचा थापाको अभिनय रहेको छ । गीतमा गायिका शान्तिश्री परियारलाई कमला पोखरेल, दिपा तामाङ मनिष राई, अप्सु योगीले स्वरमा साथ दिएका छन् ।

भिडियो :