आश्माकुमारी केसी बनिन् यस वर्षको मिस नेपाल

NewsBankNepal Banner Headline with Image , Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , १ महिना अगाडि

ललितपुर । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।हिडन ट्रेजरले शनिवार गोदावरीमा आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै केसीले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।

यस्तै मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले जितिन् ।यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए ।कार्यक्रममा लक्ष्मी भण्डारी,डा रुपक घिमिरे, रेना रिजाल, विजय कर्मचार्य साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल , विष्णुहरि पाण्डे र सकुन भण्डारी गरी ११ जना निर्णायक थिए ।