मौलिक तिज गित ‘छोरी भएर जन्मनू’ को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , प्रवास , १ महिना अगाडि

काठमाण्डौ, २० साउन । छोरा नहुँदा सम्म छोरी जन्माइ रहने नेपाली समुदायको अन्धबिश्वासले अझै मुक्ति पाइसकेको छैन । सात वटी छोरी जन्मिसक्दा पनी छोराको चाहना राख्नेहरू समाजमा अझै पनी छन् । कुल र बशं धान्न पनी छोरो चाहीने एक रुढी बादी परम्पराको जरा अझै गडेकै छ ।

सात वटी छोरी मध्य स्यानी कान्छी छोरीको विवाह एक जडीयॉ अबुझ केटासँग हुन्छ । ती स्यानी कान्छीको कर्मले पोइ मात्र हैन सासू पनी निकै रुखो स्वभाव र दुर्जन व्यवहारको पाउँछिन् । गतहप्ता बाबा ईन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको तिज गीत छोरी भएर जन्मनुमा उक्त कथा सहितको भिडियो समावेश गरिएको छ ।

उक्त गीतका शब्द र गीत म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउदै आएका सञ्चारकर्मी तथा गीतसङ्गीत व्यवसायी तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले मिलेर सङ्कलन गरेका हुन । पछिल्लो समयकी व्यस्त तथा सफल गायिका शान्ति श्री परियारले आवाज भरेको गीतको संगीत संयोजन याम थापा मगरले गरेका छन ।

बुहारीका भुमिकामा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको गीतको भिडियोमा अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छिन । निर्देशक प्रवीण थापाको कथा तथा क्रोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन भने अमृत चापागाँईले सम्पादन गरेका हुन।

भिडियो ;