‘सुगुप’ले दियो सम्मान र चिनो मायाँको

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , प्रवास , १ महिना अगाडि

काठमाडौं २० साउन । भाषिक फिल्म सुगुपले चलचित्र संग बिभिन्न माध्यमबाट जोडिएकाहरुलाई मायाँको चिनो र सम्मान पत्र द्धवारा सम्मान गरेको छ ।
शनिवार कोटेश्वर स्थित रत्नज्योति होटलमा फक्ताङ्लुङ इन्टरटेनमेन्ट प्रालि र सुगुप चलचित्र निर्माण परिवारले एक कार्यक्रमको आयोजना गरि कलाकार, संगीतकार, प्राबिधिक लगायतलाई सम्मान गरेको हो । रबिनकुमार नाल्बो लिम्बु आदिको निर्माण रहेको सुगुप लिम्बु समुदायमा अत्याधिक रुचाईएपछि नेपाली भाषामा डबिङ भएर विश्वब्यापी प्रदर्शनमा आउदैछ ।
पूर्वाञ्चलको ताप्लेजुङ जिल्लामा छायाङ्कन भएको लिम्बु कथानक चलचित्र सुगुप लाखे जात्राको अवसर पारेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ सिटि हलमा आगामी भदौ ६ गतेदेखि भदौ ९ गतेसम्म दैनिक रुपमा प्रदर्शन हुने जानकारी निर्देशक लोकेन सावाँ लिम्बुले दिनु भएको छ ।
उपत्यकाको अपार सफलता पश्चात पूर्वाञ्चलको बिभिन्न शहरमा भएको बिशेष प्रदर्शनमा उतिकै दर्शकहरुको मायाँ पाएको सुगुप अब नेपाली भाषामा पनि हेर्न पाईने भएको छ । पटकथा, लेखन देबेन्द्र खापुङ सुर्केली, सबटाइटल गौतम राज खड्का, डिबि आङ्बुङको रहेको छ । फक्ताङ्लुङ इन्टरटेन्डमेन्ट प्रालिको आफ्नै युटुब च्यानलबाट लिम्बु भाषामा रहेको चलचित्र ‘सुगुप’लाई नेपाली भाषाको टेलर सार्बजनिक गरेको छ । नेपाली भाषामा पहिलो चरणमा बिश्वको कोरिया, बेलायत, जापान, दुबाई, मलेसिया, इजरायल लगायतका देशमा ‘सुगुप’ चलचित्र प्रदर्शनमा ल्याउने तयारी भैरहेको चलचित्रका प्रस्तुतकर्ता एबं मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी गराउनु भएको छ ।
बियोगान्त कथा बोकेको ‘सुगुप’ भित्र बैबाहिक संस्कार, रितीथिती, गरिबी भित्रको पिडालाई सामाजिक समस्याको रुपमा देखाईएको छ । चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, बबिता नेयोङहाङ, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, रबिन इन्द्र शेर्पा, सुम्नीमा खापुङ, डम्बर कुमारी, लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेको छ । शैलेन्द्र कुमार नाल्बो, दिलमायाँ लाबुङ नाल्बो, एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबोको पनि सुगुपमा लगानी रहेको छ ।