टिआरसी विधेयकको सहमति प्रतिवेदन शीर्ष नेतालाई हस्तान्तरण

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ महिना अगाडि

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित सहजीकरण कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई बुझाएको छ । । 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यदलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिको लिखित प्रतिवेदन बुझाइएको हो । 

कार्यदलले बुझाएको प्रतिवेदनमा मुख्य मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषा, मेलमिलापको लागि स्वतन्त्र सहमति हुन नसकेका घटना, सशस्त्र द्वन्द्वमा जोडिएका तथा प्रभावित व्यक्तिहरू र मृत्यु भएका, घाइते तथा अपाङ्ग भएका सुरक्षाकर्मी वा उनीहरूका परिवार र घटी सजायको माग दाबी रहेका छन् ।

शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि मानवअधिकार समितिमार्फत अघि बढाउने तयारी छ । साउन २९ गते संसदमा विधेय पेश गर्ने तयारी रहेको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले बताउनुभयो ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।