एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना, पाँचको मृत्यु, तीन सदस्यीय जाँचबुझ आयोग गठन

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , प्रवास , प्रविधि , १ महिना अगाडि

काठमाण्डौ, २३ साउन । शिवपुरी गाउँपालिका – ७ सूर्यचौर नुवाकोटकोमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। आजकाठमाडौंबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा चार जना चिनियाँ यात्रु र क्याप्टेन नेपाली नागरिक अरुण मल्लको मृत्यु भएको हो। चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सहित सबैको घटनास्थलमै मृत्यु भएको हो।
काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटपछिनै सम्पर्कविहीन भएको थियो। दिउँसो २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ।


दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरू उद्धारमा खटिएका थिए। दुर्घटना स्थलबाट पाँचै जनाको शब पोष्टमार्टको लागी शिक्षण अस्पताल महाराजगँज पुर्याइएको छ ।

यसैबिच सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको छ ।