गैरआवासीय नेपाली संघलाई बचाउन अध्यक्षका प्रत्यासी श्रेष्ठको अपिल

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , १ महिना अगाडि

काठमाडौँ, २५ साउन । आपसी सहमति, सहकार्य र एकताले मात्र गैरआवासीय नेपाली संघमा निकाश निस्कन सक्ने (एनआरएनए) का अभियन्ता तथा ११ औँ महाधिवेशनबाट अध्यक्षको प्रत्यासी बनेका महेश श्रेष्ठले बताएका छन । सर्वोच्च अदालतको दुई किसिमका फैसलाहरुले संस्थामा थप अन्योलता सिर्जना भएको भन्दै श्रेष्ठले आपसी सहमति, सहकार्य र एकताको बिकल्प नभएको बताए ।
सर्वोच्चको पछिल्लो फैसलापछि आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले अदालतको एउटा इजलाशले गरेको फैसला अर्को उही हैसियतको इजलाशले बदर गर्न नसक्ने बताए । ‘त्यसैले सर्वोच्चको पहिलो फैसला अनुसार गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनलाई अबैध मानी परराष्ट्र मन्त्रालयले पठाएको पत्र सर्वोच्च अदालतको पछिल्लो फैसलाले वदर गरेको अवस्थामा शेष घलेको नेतृत्वमा रहेको समितिले एक महिना भित्र बैठक बसेर छ महिना भित्र प्रतिनिधी विवाद समाधान गरी अधिबेशन गर्नु भन्ने सर्वोच्च अदालतको पहिलेको फैसलाको हैसियत के हुने ? उनको प्रश्न उठाएका छन ।