गायक प्रकाश तिमिल्सिनाको निधन

Bhim Thapa Entertainment/मनोरञ्जन , News/समाचार , १ महिना अगाडि

काठमाडाैं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना शनिबार राति ९ बजेतिर
ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत भेटिएका हुन् ।

उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ । उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन् ।