संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : प्रधानमन्त्री ‌ओली

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ महिना अगाडि

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ । 

महान्यायाधिवक्ताको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदमा नेताहरुले आफ्नो धारणा राखेपछि २ दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताउनु भयो ।

विधेयकलाई पीडितमैत्री बनाएर अघि बढाइएको दाबी गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायले राखेको चासो पनि सम्बोधन हुने बताउनुभयो । विधेयकबारे प्रतिनिधिसभामा भोलिदेखि दलका नेताहरुले धारणा राख्ने कार्यसूची छ ।