थाईल्यान्डका प्रधानमन्त्री टवीसिन पदमुक्त

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , ४ महिना अगाडि


सिङ्गापुर ।थाईल्यान्डमा एउटा अदालतले संविधान उल्लङ्घन गरेको भन्दै प्रधामन्त्री सेटा टवीसिनलाई पदमुक्त गरिदिएको छ।टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर ूअवज्ञापूर्ण व्यवहार देखाएकोू र ूनैतिकताको नियमू उल्लङ्घन गरेको ठहर थाईल्यान्डको संवैधानिक अदालतको छ।

सतसट्ठी वर्षीय सेटा प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन। उक्त अदालतले १६ वर्षको अवधिमा उनीसहित तीन जनालाई पदमुक्त गरेको छ।

अब थाई संसद्ले नयाँ प्रधानमन्त्री नछान्दासम्म अन्तरिम प्रधानमन्त्रीले काम गर्ने छन्।’म आफ्नो इमानप्रति विश्वस्त छु। मलाई दुःख लागेको छ तर म आफू यो आदेशप्रति असहमत छु भन्दिनँ,अदालतले फैसला सुनाएपछि टवीसिनले पत्रकार सम्मेलनमा भने।’

उक्त अदालतको निर्णय अन्तिम हुन्छ र त्यसमाथि पुनरावेदन गर्न पाइँदैन। थाईल्यान्डको संवैधानिक अदालतसँग असीमित शक्ति छ। थाईल्यान्डको राजनीति सदाचारका लागि नभई भ्रष्टाचारका लागि चिनिन्छ।पहिला पनि गम्भीर मुद्दामा दोषी ठहर भएका व्यक्तिहरूले सार्वजनिक पदमा बस्ने अवसर पाएका थिए।बीबीसी न्यूज नेपाली