पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँ घट्यो

Bhim Thapa Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ महिना अगाडि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँका दरले कारोबार हुनेछ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।