रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

Bhim Thapa Banner Headline with Image , News/समाचार , प्रवास , ४ हप्ता अगाडि

काठमाडाैं । रुसको पूर्वी तट नजिकै शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युडको भूकम्प गएपछि ज्वालामुखी पनि विस्फोट रुसी सरकारी संचार माध्यमले जनाएका छन् । सिभेलुच नामक ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ ।

सो सहरमा करिब १ लाख ८० हजार मानिसको बसोबास रहेको छ । रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि धुँवा र खरानीको मुस्लो ८ किलोमिटरमाथि आकाशसम्म पुगेको बताइएको छ ।

ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । भूकम्प र ज्वालामुखीमा परी घाइते वा हताहत भएको विवरण हालसम्म प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको छ । भूकम्पपछि सुनामीको खतरा भने जारी गरिएको छैन ।साभार