भारतीय प्रधानमन्त्री मोदीसँगकाे भेटवार्तामा परराष्ट्रमन्त्री राणाले के भनिन्?

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ हप्ता अगाडि

नयाँदिल्ली । भारत भ्रमणमा रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा आपसी हितका विविध क्षेत्रमा भारत-नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको हो । 

यसअघि मन्त्री राणाले आजै भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता भएको थियो । भारतीय विदेशमन्त्रीसँगको भेटवार्तामा नेपाल र भारतबीच दुईपक्षीय हितका साथै ऊर्जा, व्यापार, कनेक्नटिभिटि तथा भौतिक पूर्वाधार विकासका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले नेपालबाट भारतमा हुने विद्युत निर्यात १ हजार मेगावाटनजिक पुगेको जनाउनुभएको छ । 

भारतको छिमेक पहिलो नीति तथा नेपालसँग जनस्तरमा रहेको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने सम्बन्धमा छलफल भएको जयशंकरले उल्लेख गर्नुभएको छ । यस्तै परराष्ट्रमन्त्री राणाले नेपाल-भारत सम्बन्धका विविध आयामका साथै दुईपक्षीय चासोका साथै आपसी सहकार्यका विषयमा छलफल भएको सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिनुभएको छ । 

आफ्नो भारत भ्रमणले नेपाल भारतको सयौं वर्ष पुरानो सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास पनि मन्त्री राणाले व्यक्त गर्नुभएको छ । मन्त्री राणा भारतीय समकक्षीको निमन्त्रणामा हिजो नयाँदिल्ली पुग्नु भएको हो । मन्त्री बनेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।