सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउँदै

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ हप्ता अगाडि


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लागेकाे प्रतिबन्ध हटाउने तयारी गरेकाे छ । जस अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यससम्बन्धमा प्रक्रिया थालेको छ ।

टिकटकले पनि सरकारलाई पटक–पटक प्रतिबन्ध हटाइदिन लिखित रूपमै आग्रह गर्दै आएको थियाे ।टिकटकले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम चल्न तयार रहेको भन्दै पत्र सञ्चार मन्त्रालयमा बुझाएसँगै सरकारले पनि सक्रियता बढाएको हो ।
पत्रमा टिकटकले नेपालको सामाजिक सञ्जाल व्यवस्थापन इकाइमा सूचीकृत हुन र यहाँका कानुनको परिधिभित्र रहेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।

प्रतिबन्धका बाबजुध पनि कतिपय प्रयोगकर्ताले भने भीपीएन र ओपन डीएनएसको सहयोगमा टिकटक चलाउँदै आएका छन् । सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल नेतृत्वकाे सरकारले प्रतिबन्ध लगाएकाे थियाे ।