नागढुंगा नजिक खसेकाे पहिरो पन्छाइयाे

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , ४ महिना अगाडि

काठमाडाैं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिक अविरल वर्षासँगै खसेको पहिरोका कारण त्रिभुवन राजमार्गको नौविसे नागढुङ्गा सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।नागढुंगाको नाग मन्दिर नजिक ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा उपत्यका भित्रदै गरेका सवारी साधन र राजधानीबाट बाहिरिने सवारी साधनहरु दुबैतर्फ ठप्प रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको वर्षा र पहिरो जाने क्रम नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ ।पहिरोका कारण कुनै मानवयि क्षति भने भएको छैन ।