दाङ ।दाङमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।
आज बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १३ दमागाउँ बस्ने दुर्गा विकको इनार सफा गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपालीको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेना अम्बापुर बेस क्याम्पबाट खटिएको टोलीले उनीहरूको उद्दार गरेको थियो ।मृतक दुवै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।