बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ हप्ता अगाडि

काठमाडाैं । चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

प्रहरी कार्यालय बलम्बु प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार विहान तारसहितको प्रेसर कुकर झोलामा  घरअगाडि फेला परेको थियो । स्थानीयले प्रहरीलाई खवर गरेपछि डिस्पोजल टोलीलाई बोलाएर डिस्पोज गराएको उहाँले बताउनुभयो । 

शंकास्पद देखिएको सो वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरे पनि त्यसमा विस्फोटक पदार्थ नरहेको आचार्यले बताउनुभयो । 

स्थानीयलाई तर्साउन सो वस्तु राखिएको हुनसक्ने आशंका प्रहरीले गरेकाे छ । साभार एनटिभी