संविधान संशोधन कुनै रस्साकस्सीको विषय हाेइन: प्रधानमन्त्री ओली

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ हप्ता अगाडि

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन कसैले आँट गर्ने कसैले हेर्ने रस्साकस्सीको विषय नभएको भन्दै सहमतिमै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा आज सांसदहरुले कुन कुन धारा र कुन विधिबाट संशोधन गर्न खोजिएको हो भनेर गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ८ वर्षको कार्यान्वयनको अनुभव र मुलुकको आवश्यकताका आधारमा सहमतिमै संविधान संशोधन गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले व्यवसायीहरुको लाइन काटेर नभै उद्योग चलाएर नै डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन सरकार प्रतिबद्ध रहेको दाबी गर्नुभयो ।

सांसदहरुले भष्ट्राचार नियन्त्रणको सम्बन्धमा सरकार गम्भीर नभएको कानुनमा नै पाँच वर्षको हदम्याद राख्न खोजिएको भन्दै सोधिएको प्रश्नमा प्रधानमन्त्रीले परिणाम निकाल्ने गरी काम गरिने बताउनुभयो । विश्वविद्यालयमा भएको अशान्ति र अराजकताबारेको प्रश्नमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा शान्ति कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा पनि प्रधानमन्त्रीको छ ।

यस्तै सांसदहरुले झापामा बनाएको भ्यू टावरको औचित्य पुष्टी गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले विजनेस कम्प्लेक्स बनेको जिकिर गर्नुभयो । झण्डै दुई घण्टा रोष्टममा जवाफ दिएपछि अन्तिममा प्रधानमन्त्री ओलीले सदनभित्र यति लामो समय प्रश्नोत्तर गर्नुउपयुक्त नहुने धारणा राख्नुभएको थियो ।साभार