देवेन्द्र गौतम पत्रकारिता पुरस्कार थापा लाई, अमात्य र घिमिरेलाई प्रशंसा

Dipak Pudasaini Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , ३ हप्ता अगाडि

काठमाण्डौ, ८ भदौ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार यसवर्ष वरिष्ठ पत्रकार एबँ दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । सेन्टरका अध्यक्ष प्रदिप गौतमका अनुसार
स्व.गौतमको दोस्रो स्मृृति दिवस असोज २ गते (सेप्टेम्बर १८) का अवसरमा यो पुरस्कारका साथै दुई प्रतिष्ठित ब्यक्तित्व गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गरिने छ ।
पुरस्कृत हुनुहुने श्रेष्ठ विगत पाँच दशकदेखि निरन्तर लोकतान्त्रिक मूल्य मान्यतामा आस्था राखी पत्रकारिता क्षेत्रमा सक्रीय हुनुहुन्छ । तत्कालीन पञ्चायती निरंकुश सत्ताबाट नेपालपोष्टको प्रकाशनमा रोक लगाउँदा उहाँले आफ्नो नाममा दर्ता भएको ‘मायालु’ नेपालपोष्टका सम्पादक प्रकाशकलाई सहयोग स्वरुप प्रकाशन गर्न प्रदान गर्नुभएको थियो । नेपालपोष्टको सहयोगसाथ प्रकाशन भएको मायालुको पनि प्रकाशनमा रोक लगाइएको थियो । सँम्पादक श्रेष्ठलाई प्रदान गरिने पुरस्कारको राशि एक लाख रुपयाँ रहेको छ ।
गेहेन्द्रमान अमात्य नेपाली छापा प्रकाशनको इतिहासमा बिर्सन नसकिने ब्यक्तित्व हुनुहुन्छ जसले सरकारी सेवा सूचना विभागमा सेवारत भएर पनि निजी तवरमा पत्रपत्रिकामा छापिने तस्विरका जिंकब्लक बनाएर उपलब्ध गराउनुहुन्थ्यो । उहाँकहाँबाट क्रान्तिकारी नेता रामराजा प्रसाद सिंहको ब्लक ल्याएर देवेन्द्र गौतमले पत्रिकामा छाप्दा प्रहरीले उहाँको कारखानामा पनि छापा मारेको थियो । सरकारी कर्मचारी उहालाई प्रहरी कारवाहीबाट जोगाउन उहाँका छोराले गिरफ्तारी दिएर हिरासतमा बसिदिनुभएको थियो । यस्तै रघु घिमिरेले शहर तथा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्वपूर्ण घटनाहरुको रिपोर्टिङ उपलब्ध गराउनुहुन्थ्यो । उहाँहरुले निरन्तर पु¥याउनुभएको योगदानको कदर गर्दै अमात्य र घिमिरेलाई को सहयोग र योगदानको हामी प्रशंसा स्वरुप जनहि ५० हजार रुपयाँ तथा प्रशँसापत्र द्धवारा सम्मान गरिने भएको छ ।