सुनकोसी नदीमा हाइलक्स गाडी खस्दा चालकसहित ३ जना बेपत्ता

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ हप्ता अगाडि

सिन्धुली । खोटाङ हलेसीबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडाैं आउँदै गरेकाे हाइलक्स गाडी
विपि राजमार्ग अन्तरगत पर्ने सुनकोसी नदीमा खस्दा चालक सहित ३ जना बेपत्ता भएका छ्न ।

शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली जिल्लाको गलान्जोर गाउँपालिका १ मध्यपहाडी लोकमार्गको कुडेलबाट हाइलक्स गाडी सुनकोशी नदीमा खसेको हो।  गाडीमा खस्दा भक्तपुर सुर्यबिनायक नगरपालिका जगाती बस्ने ३२ बर्सिय अबिन बके, ३० बर्सिय प्रनित स्यागु र ३७ बर्सिय बलराम घटुवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

गाडीमा चार जना सवार थिए। एक जनालाई घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ। उनले हामफालेर ज्यान बचाएको बताएका छन्।  गाडीको नम्बरसमेत खुल्न सकेको छैन।   दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटबाट गोताखोल टोली घटनास्थलमा पुगेको छ।