महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

Bhim Thapa Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ हप्ता अगाडि

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छिन् । झाँक्रीलाई जयन्तीदेवी राईले पराजित गरेकी हुन् ।
राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत प्राप्त गरेकी छिन् । नेकपा एमाले विभाजनपछि बनेको नयाँ पार्टीमा झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् ।माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल यसअघि नै महासचिवमा चयन भइसकेका छन्। केन्द्रीय समिति सदस्यमध्येबाट पदाधिकारीका लागि चुनाव भएको हो ।