‘पैसा नखाई साँसदले पनि जनताको काम गर्दैनन’, – पूर्बमन्त्री डा. महत्तो

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडौं, १३ भदौ । आफुहरु जस्ता साँसदलाई जनताले कुनै काम गराउनू परे पैसा दिनुपर्ने अबस्था रहेको पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले बताएका छन । आज स्थानीय तह देखि माथिल्लो निकाय सम्म हाक्काहाक्की भ्रष्टाचार भैरहेको बताउँदै डा. महत्तोले कर्मचारीको मनोबल बढाउनको लागि समयको माग अनुसार तलब तथा सुविधाको ब्यबस्था गर्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा उनले सरकारी सेवा लिने सबै तहमा विचौलियाहरुको दबदबा रहेको दाबी गरे । उनले भने,‘स्थानीय तहदेखि संघसम्म हाक्काहाक्की भ्रष्टाचार भैरहेको छ । तलदेखि माथिल्लो निकायसम्म विचौलियाको दबदबा छ ।’

उनले भने,‘मैले यो कुरा भन्दाखेरि मलाई फेरि पृथ्वीनारायण शाहले बनाएको कानून लाग्ला, तर हामीलाई पनि कुनै काम गराउनुछ भने पैसा नदिईकन काम हुँदैन् । हुने कामपनि पैसा दियो भनेमात्रै हुन्छ भन्ने कुरा हरेक नेपालीको मानसिकता बनेको छ । हरेक नेपालीले त्यही सोचेर काम बढाउने गरेका छन् । किन यस्तो भैरहेको छ भन्दा यीनिकायहरुले इमानदारीपूवर्क काम गर्न सकेका छैनन् । कर्मचारीहरुमाथि सत्तामा आउने साथीहरुको हस्तक्षेप बढेको छ ।’

उनले कर्मचारीदेखि अन्य निकायका प्रमुखहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिईनुपर्ने र राजनीतिक हस्तक्षेप बन्द गर्नपनि सुझाव दिए । उनले सांसदहरुले आफ्नो काममा बढि केन्द्रित हुनुपर्ने र कसैलाई दोषी करार गर्न हतार गर्न नहुने पनि बताए