सहकारी ठगी प्रकरण: प्रमाण भएर नै लामिछानेले नौ घण्टासम्म बयान दिनु पर्याे

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ हप्ता अगाडि

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा नौ घण्टासम्म बयान दिनुपरेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताको प्रमाण भएको, संसदीय समिति गठन हुँदा आफूहरुले देखाएका प्रमाणहरु संसदीय समितिलाई बुझाइसकेको बताए ।

उनले भने, ‘ ती प्रमाणहरु भएकै कारण होला कि नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले नै आएको होला । मलाई त समितिमाथि पूरा विश्वास छ । सुर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरुमाथि विश्वास छ । बरु साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ मलाई । अहिले बयान भएको हो । सफाइ पाएको होइन । फैसला त आउनै बाँकी छ ।

उनले अहिले नै संसदीय समितिको फैसला नआइसकेको भन्दै प्रमाण खोई भनेर खोज्नेहरूलाई त्यतिञ्जेल कुरेर बस्न आग्रह गरे ।