सेफ्टी ट्याङ्कीभित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ हप्ता अगाडि

नवलपुर ।नवलपुरमा सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको शाैचालयको सेफ्टी ट्याङ्कीभित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश बोगटी र मोहम्मद राजा रहेका छन् । तीनै जनाको उपचारका क्रममा रुपन्देहीका विभिन्न अस्पतालमा मृत्यु भएको पौडेलले बताए।