खड्कालाई अध्यक्ष चयन गर्दै ताप्लेजुङ पाथिभरा सेवा समाज कतारको आठौं अधिबेशन सम्पन्न

Dipak Pudasaini News/समाचार , प्रवास , २ हप्ता अगाडि

दिलिप पराजुली
दोहा,
सेवा नै धर्म हो, सम्पूर्ण जिल्लाबासीहरू एक हौं भन्ने नारा लिएर सन २००४ मा स्थापना भएको संस्था ताप्लेजुङ पाथिभरा सेवा समाजले आफ्नो आठौं अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले कुमार खड्कालाई अध्यक्ष चयन गर्यो । अधिबेशनले बरिष्ठ उपाध्यक्षमा गोपाल खतिवडा, उपाध्यक्ष दुर्गा गुरुङ, महिला उपाध्यक्ष शिला गुरुङ महासचिव सागर तुम्बाहाम्फे, सचिब बिवश लिम्बू, केदार पौडेल, कोषाध्यक्ष प्रकाश गुरुङ र सह कोषाध्यक्षमा चन्द्र पताङ्ग लिम्बू लाई चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा दिपक प्रसाईँ, प्रकाश भण्डारी, पासाङ गुरुङ, सि पि गुरुङ, टिकाराम गुरुङ , गणेश खड्का, खगेन्द्र सेन्देङ, योग्य कार्की निर्विरोध चयन भएका छन् ।
संस्थाका अध्यक्ष दुर्गा प्याकुरेलको सभातित्वमा सम्पन्न कार्यक्रममा गैह्रआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न बैचारिक संस्था, प्रदेश संस्था, जिल्ला संस्था एवं जातीय संघ संस्थाका प्रमुख तथा सामाजिक अभियान्ताहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथी भट्टले शुभकामना दिँदै पाथीभरा त्यसै पनि प्राचीन कालदेखि नै धार्मिक सहिष्णुता बोकेको जिल्ला भएकाले ताप्लेजुङ सबैमा चिरपरिचित भएको बताए । कार्यक्रमका सभापतिले उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै कोशी प्रदेश भित्रका जिल्ला संस्थाहरूलाई सहकार्य र समन्वयका लागि आग्रह गरेका थिए ।
कलाकार मौसमी गुरुङ, सोनि आले मगर, सोनिया गुरुङ, राजेन्द्र सामेखाम, चन्द्र गुरुङ, बिरेन मादेन लगायतले स्वागत नृत्यसँगै च्याब्रुङ नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै शुष्मा भूजेलले डालीडाली फूल फुल्यो भन्ने गितको बोलमा आफ्नो धमकेदार नृत्य गरेकी थिइन । सिताराम कटवाल, सरला तामाङले गित गाएर मनोरञ्जन दिएका थिए । ब्यानर अनावरण, दिप प्रज्वलन, राष्ट्रियगानबाट शुरु गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपाल खतिवडाले सहभागीलाई स्वागत गरेका थिए ।