पेट्रोलियम पदार्थको मूल्य घट्यो

Bhim Thapa Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , २ हप्ता अगाडि

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार राती १२ बजे बाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।

निगमले जारी गरेको विज्ञप्तीअनुसार काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १६५, डिजेल र मट्टितेल १५५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै तराईमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५०, डिजेल मट्टितेल १५२.५० रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६५, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ ।खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेकाे छ ।