‘प्रतिकुलतामा बाँच्नु नै सफलता हो’ – अध्यक्ष ढकाल

Dipak Pudasaini Business/अर्थ ब्यापार , Education , Latest Update , News/समाचार , प्रदेश , २ हप्ता अगाडि

काठमाण्डौ, १६ भदौ । प्रतिकुलतामा बाँच्न सक्नु नै सफलता हुने नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सँस्था (नेफ्स्कुन) का अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनु भएको छ । नब सृजनशील बचत तथा ऋण सहकारी सँस्थाको १७ औ बाषिक साधारण सभालाइ सँम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष ढकालले भन्नु भयो ‘केहि सहकारीका बदमाशीले सँम्पुर्ण सहकारी माथि प्रहार भैरहेको अबस्थामा आफुलाई बचाउन र बचतकर्ता तथा शेयर लगानीकर्ताको रकम सुरक्षित गर्न सक्नुनै आजको सफलता हो । नेतृत्वको इमान्दारीता र बचतकर्ताको बिश्वासले नब सृजनशील साकोसले नडगमगाइ प्रगति गरिरहेकोमा यसको प्रशाँसा नगरि रहन सक्दिन ।’


उपाध्यक्ष राम प्रसाद लुँइटेलले स्वागत गर्नु भएको साधारण सभामा ११ जनालाई उत्कृष्ठ कारोबार सम्मान, ४ जनालाई शैक्षिक सम्मान तथा उत्कृष्ठ कर्मचारी सम्मान गरिएको थियो ।

नब सृजनशील साकोसका अध्यक्षले बार्षिक प्रतिबेदन पेश गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष दामोदर सापकोटाले कोषाध्यक्षको प्रतिबेदन तथा बिश्वराज लामिछानेले लेखा सुपरिबेक्षण प्रतिबेदन पेश गर्नु भएको थियो । सचिब बिजया लामिछानेले सन्चालन गर्नुभएको साधारण सभालाई चौतारा साँगाचोक गढी नगरपालिकाको उपप्रमुख सिता थापा, काठमाण्डौ बचत तथा ऋण सहकारीका सिमा पुरी, रिलाएन्स एजुकेशनका रबिन्द्र जँग थापा, पशुपती मित्र मा.बि. का चन्द्रकान्त पण्डित, पुष्पलाल मेमारियल कलेजका शुम्भु प्रसाद अधिकारी, बोधिसत्व साकोसका राम प्रसाद नेपाल, डडुवा साकोसका केशब नेपाल, नबोदय बहुउदेश्यि सहकारीका शँकर प्रसाद आचार्य, तथा गोरखकाली बहुउदेश्यि सहकारीका कृष्ण प्रसाद धिताल लगायतले साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो