काठमाण्डौ, १६ भदौ । कर्तब्य पथमा अगाडी बढ्दा ठेस लाग्न सक्छ, घाउ लाग्न सक्छ, घाउ लाग्यो भन्दै आराम गर्न थाल्ने हो भने गन्तब्यमा पुग्न सकिदैन त्यसैले घाउमा मलम पट्टी लगाउँदै अगाडी बढ्नु पर्छ । उक्त कुरा राष्ट्रिय सभा सदस्य माननिय बिष्णुदेबी पुडासैनीले बताउनु भएको हो ।

भद्रमिलन बहुउदेश्यिय सहकारी सँस्थाको २५औ बार्षिक साधारण सभालाई आज प्रमुख अतिथीकको आसनबाट सँबोधन गर्दै माननिय पुडासैनीले भन्नुभयो । केहि सहकारी सँस्थमा समस्या छन, त्यसो भन्दैमा त्यसको बाछिटाले हामिलाई छुन्छ भन्न मिल्दैन, अहिले सम्म भद्रमिलन सहकारीमा समस्या छैन र समस्या आएपनि हामिले मिलेर समाधान गर्ने हो समस्याबाट भाग्ने होइन । भद्रमिलन सहकारीको सँस्थापक अध्यक्ष समेत रहनु भएकी पुडासैनीले शेयर सदस्यलाई आश्वस्त पार्दै भन्नु भयो म जहाँ पुगेपनि सँस्थाको हितमा र साथमै छु । सहकारी भनेको सहकार्य हो भन्दै माननिय पुडासैनीले महिला दिदी बहिनीको हित र उत्थानमा नगरपालिका सँग सहकार्य गर्दै आय आर्जन र सिपमुलक तालिमको कार्यक्रम अगाडी बढाउन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रमका बिशेष अतिथी कागेश्वरी मनोहरा नगर पालिकाका प्रमुख उपेन्द्र कार्कीले माननिय बिष्णुदेबी पुडासैनीलाई देखाउँदै कर्म गरे फल पाइदो रहेछ भन्ने उद्धाहरण उहाँ ने रहेको बताउनु भयो । २०४९ मा गाबिस अध्यक्ष भएदेखी राष्ट्रिय सभा सदस्य हुँदा सम्मको मेहेनत र धैयता र निरन्तरतालाई आत्मसाथ गरे सफल भइदो रहेछ नगर प्रमुख कार्कीले भन्नु भयो ।
साना ब्यबसाय सन्चालन गर्न नगरपालिकाले सहयोग गर्ने बताउँदै नगर प्रमुख कार्कीले सहकारीलाई नाफाको ५ प्रतिशत आय आर्जत तथा ब्यबसायमा लगाउन आग्रह गर्नु भयो ।

आफू स्वस्थ रहेमात्र सबथोक गर्न सकिन्छ भन्दै महिलाहरुलाई नियमित स्वास्थ परिक्षण गर्न आग्रह गर्नु भयो । सबै सुबिधा नगर अस्पताल मुलपानीमै रहेको र अब छिट्टै अपरेशन थियटर सन्चालमा ल्याउने तयारी रहेको जानकारी दिदै नगर प्रमुख कार्कीले स्वास्थ बिमाको ५० प्रतिशत नगर पालिकाले बेहोर्दै १७ सय ५० रुपयाँमै बिमा गराउने तयारी भै रहेको जानकारी पनि दिनु भयो ।
भद्रमिलन बहुउद्धेश्यिय सहकारी सँस्थाका कार्यबाहक अध्यक्ष मायाँदेबी तिवारीको सभापतित्वमा सँम्पन्न २५ औ साधारण सभामा कार्यबाहक अध्यक्ष फ’ँयालले बार्षिक प्रतिबेदन, कोषाध्यक्ष भरत प्रसाद पुडासैनीले आर्थिक प्रतिबेदन तथा लेखा सँयोजक जनार्दन फुँयालले लेखा सुपरिक्षण समितीको प्रतिबेदन बाचन गर्नु भएको थियो ।
सँस्थापक अध्यक्ष माननिय बिष्णुदेबी पुडासैनी तथा सँस्थापक सचिब मुरारी प्रसाद फुँयाललाई बिशेष सम्मान गरिएको साधारण सभामा जेष्ठ नागरिक सम्मान एक महिला तथा एक पुरुष गरी २ जनालाई असल ऋणी सम्मान तथा दैनिक मासिक बचत गर्ने ११ जनालाई सम्मान गरिएको थियो ।
सहकारीको २५औ साधारण सभालाई कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ३ का अध्यक्ष राममणी पुडासैनी, वडा नँ ५ का अध्यक्ष शँकर प्रसाद पाण्डे, जिल्ला सहकारी सँघका सचिब सनोज भट्टराई, कोलमतेश्वर साकोसका अध्यक्ष शिबहरी पौडेल लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।