बाँके। बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट चारजनाको मृत्यु भएको छ । भारतीय सीमासँग जोडिएको साे गाउँका अन्य सातजना बिरामी परेका छन् ।
झाडापखालाबाट मृत्यु हुनेमा गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अली रहेका छन् ।
अहिले स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर बिरामीको उपचार गरिरहेकाे छ ।गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।