दसैँमा नयाँ हाेइन चलनचल्तीकै सुकिला नोट

Bhim Thapa Banner Headline with Image , Business/अर्थ ब्यापार , News/समाचार , १ हप्ता अगाडि

काठमाडाैं । नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरे पनि यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
‘सुकिलो बैंक नोट कहाँ, कैले, कसरी, कति सटही पाइन्छ ? जस्ता विषयमा राष्ट्र बैंकले चाँडै सूचना सार्वजनिक गर्ने भएकाे छ । सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो ।  नोट छपाइमा विदेशी मुद्राको ठूलो राशि खर्च हुने गरेकाे छ ।