कागेश्वरी पुस्तकालयको ३३औ साधारण सभा सँम्पन्न

Dipak Pudasaini Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , साहित्य , साहित्य/ पुस्तक , १ हप्ता अगाडि

काठमाण्डौ, २२ भदौ । कागेश्वरी मनोहरा नगरपालिका वडा नँ २ मा बि.सँ. २०३६ सालमा स्थापना भएको ऐतिहाँसिक पुस्तकालय कागेश्वरी पुस्तकालयको ३३ औ साधारण सभा आज पुस्तकालय परिसरमा सँम्पन्न भएको छ ।
बरिष्ठ साहित्यकार एबँ समालोचक बिजय चालिसेको प्रमुख आतिथ्यतामा सँम्पन्न साधारण सभामा प्रमुख अतिथी चालिसेले आफैले सृजना गरेका करिब २ दर्जन तथा आफ्ना पिता रमेश बिकलका पुस्तकहरुको सँगालो कागेश्वरी पुस्तकालय लाई हस्तान्तरण गर्नु भएको थियो ।


साधारण सभालाई सँबोधन गर्दै प्रमुख अतिथी एबँ साहित्यकार चालिसेले ऐतिहाँसिक गरिमा बोकेको कागेश्वरी पुस्तकालयको सँरक्षण तथा प्रबर्धनका लागी अपिल गर्नु भयो । सबै भन्दा गाह्रो काम पुस्तकालय सन्चालन गर्नु रहेको जिकिर गर्दै प्रमुख अतिथी चालिसेले आफुले ग्रामनिर्माण भनिमण्डल पुस्तकालय आरुबारी सन्चालग गर्दा भोगेका कठिनाई स्मरण गर्नु भयो ।
परिबर्तका लागी बौद्धिक आन्दोलन महत्वपुर्ण हुने र पुस्तकालय यसको सारथि हुने बताउँदै उहाँले बिधालयको सुँगा रटाई कोर्षको पढाइमा मात्रै सिमित नराखी आफ्ना बच्चाहरुलाई पुस्तकालयमा पढाउने बानिको बिकास गराउन अभिभाबकहरु सँग आग्रह गर्नु भयो ।


बिशेष अतिथीको आसनबाट बोल्दै पुस्तकालयका सँरक्षक, पुर्ब प्रदेश मन्त्री एबँ सँबिधान सभाका सदस्य रामेश्वर फुँयालले कागेश्वरी पुस्तकालयलाई अघिल्लो पुस्ताले बनाएको आन्दोलनको बौद्धिक तालिमकेन्द्र भन्दै यस पुस्तकालयबाट प्रकाशन हुँदै आएको पत्रिका काग लाई पुन सुचारु गर्न नब गठित सन्चालक समितीलाई आग्रह गर्नुभयो ।


राष्ट्रिय पुस्तकालयका पुर्ब प्रमुख दशरथ थापाले अध्ययनको शिलसिला ‘कोक्रो देखी शुरु भएर चित्तामा नपुग्दा सम्म’ नसकिने भन्दै पुस्तकालय गएर पढ्ने सँस्कृतीको बिकास गर्न आग्रह गर्नु भयो ।

कुमार बहादुर खड्काको अध्यक्षतामा चयन भएको १५ सदस्यि पुस्तकालय सन्चालक समिती जसको उपध्यक्ष्मा बिमल धिमाल, सचिब रामचन्द्र फुँयाल, उप सचिब दिक्षा पुडासैनी तथा कोषाध्यक्षमा देबराज खनाल चुनिनू भएको छ । सन्चालक समितीको सदस्यहरुमा बिष्णु प्रसाद फुँयाल, रामेश्वर धिमाल, रबिन्द्र भण्डारी, निर्मल खड्का, शुसिला फुँयाल, शुसिला रावत, दिपक फुँयाल, रामकृष्ण खड्का, दशरथ थापा तथा कल्पना कार्कीलाई साधारण सभाले चुनेको छ ।


पुस्तकालय परिसरमा स्थापित साहित्यकारहरु भैरब रिसाल, लक्ष्मी प्रसाद देबकोटा तथा रमेश बिकलको सालिकमा माल्यार्पण गरी आरम्भ भएको साधारण सभालाई सहिद आदर्श क्याम्पसका प्रमुख बिष्णु प्रसाद फुँयाल, कागेश्वरी मनोहरा नगर पालिका वडा नँ १ का अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, वडा नँ २ का अध्यक्ष सुरज खड्का, वडा नँ २ का सदस्य प्राण नाथ फुँयाल लगायले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

पुस्तकालयका अध्यक्ष राज कुमार फुँयालको सभापतित्वमा सँम्पन्न भएको कागेश्वरी पुस्तकालयको ३३औ साधारण सभामा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका सभापती बासु पौडेल, श्री आदर्श मा बि भद्रवासका प्रधानअध्यापक बिश्वनाथ पोखरेल, सहिद आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुस केबल पण्डित, अल्पाइन एकेडेमीका प्रिन्सिपल अनन्तराम ढकाल, साहित्यकार ऋषिराम अर्याल, अच्यूत प्याकुरेल ‘निरस’ लगायतको उपस्थिती रहेको थियो ।