जाजरकोटमा पहिरोले पुरिएर २ जना बेपत्ता

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , १ हप्ता अगाडि

जाजरकोट।जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका-६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको छ। पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटिरहेकाे छ ।