बुद्धवीर लामा गीतिमय साँझ शुभकामना दौड सम्पन्न

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , Sports/खेलकुद , प्रदेश , १ हप्ता अगाडि

काठमाडौं, २४ भदौ । प्रयासमञ्च नेपाल र बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजनामा भएको बुद्धवीर लामा गीतिमय शुुभकामना दौड सम्पन्न भएको छ । आगामि २०८१ आश्विन ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको बुद्धवीर लामा तेह्रौं गीतिमय साङ्गीतिक साँझको तयारीको क्रममा प्रतियोगितात्मक भेट्रान दौडको आयोजना भएको हो। चार क्याटेगोरीमा भएको उक्त दौडमा ३५ देखि ४९ वर्ष पुरुष उमेर समूहमा क्रमशः नारायण वस्नेत प्रथम, दिनेस महर्जन द्वितीय र सचिन श्रेष्ठ तृतीय भए । यस्तै महिला खुल्ला तर्फ कल्पना महर्जन प्रथम, याङ्दी लामा शेर्पा दोस्रो र चारु अर्याल तेस्रो हुन सफल भए। ५० देखि ६४ वर्ष पुरुष उमेर समूहमा, क्रमशः भिम बहादुर गुरुङ प्रथम, विक्रम महर्जन दोस्रो र देव महर्जन तेस्रा भए । ६५ वर्ष माथिका उमेर समुहमा मंगलदास महर्जन प्रथम, पुुष्पलाल श्रेष्ठ दोस्रो र वद्री वहादुर मगर तेस्रो भए । पदक विजेता खेलाडिहरुलाई नेपालको पहिलो राष्ट्रिय एथलेटिक्स प्रमुख प्रशिक्षक एवं कार्यक्रमका प्रमुुख अतिथि मधु शमशेर ज.व.रा. र विशेष अतिथि कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले पदक वितरण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा नेपालका पहिलो राष्ट्रिय एथलेटिक्स प्रमुख प्रशिक्षक मधु शमशेर ज.ब.रा., वर्तमान राष्ट्रिय प्रशिक्षकहरु विमला राना, धनीराम चौधरी र राकेश बज्राचार्यलाई नेपाल एथलेटिक्स सम्मान प्रदान गरिएको थियो। कार्यक्रम प्रयासमञ्च नेपालको अध्यक्ष जसुु लामा अध्यक्षतामा सम्पन्न भएको थियो ।