म्यानमारमा भीषण बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , ४ दिन अगाडि

एजेन्सी । म्यानमारमा भीषण बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । राजधानी नेइपिड सबैभन्दा बढी प्रभावित भएको छ ।

सत्तारुढ सैनिक सरकार (जुन्टा)ले प्रभाव कम गर्न विदेशी सहायताका लागि अनुरोध गरेको छ । राज्यद्वारा सञ्चालित दैनिक न्यू लाइट अफ म्यान्मारले घरबारविहीन पीडितहरूका लागि केही अस्थायी राहत शिविरहरू स्थापना गरिएको जनाएको छ ।

यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा पनि निकै ठूलो प्रभाव पारेको छ ।

विभिन्न संचारमाध्यमका रिपोर्टहरूमा भने बाढीका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १ सय ६० भएको उल्लेख गरिएको छ ।