रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न संसदीय छानबिन समितिको सिफारिस

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ दिन अगाडि

काठमाडाैं । संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकाल्दै समितिले चारैजनालाई कारबाही गर्न सिफारिस गरेकाे हाे ।

समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको छ । 

समितिले सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको विषयमा आठ वटा सुझाव दिएको छ ।हाल फरार रहेका गितेन्द्रबाबु राईसहितका व्यक्तिहरूलाई शीघ्र खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबार प्रतिनिधि सभा बैठकमा पेस गरेकाे सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धि प्रतिबेदनमा सो कुरा उल्लेख छ ।