पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका बिजेता राईको निधन

Bhim Thapa Latest Update , Sports/खेलकुद , १ दिन अगाडि

काठमाडाैं । काठमाडौँमा शनिबार भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका मोरङ पथरीशनिश्चरे-१ निवासी वडिविल्डर्स प्रकाश राईको मृत्यु भएको छ । 

बुधबार बिहान मुटुमा समस्या भएको थाहा पाएपछि ४५ वर्षीय राईलाई काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । राईको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पाँच वटा उमेर समूहका खेलाडीलाई पछि पार्दै मिस्टर काठमाडौँको उपाधि जित्नु भएका राईले ७५ केजी समूहबाट प्रतिस्पर्धामा भाग लिएका थिए।