लामिछानेले नै काटेका थिए करिब २४ करोडका चेक

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २४ मिनेट अगाडि

काठमाडाैं । गोरखा मिडिया नेटवर्क प्रालिका तात्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले करिब २४ करोडका छुट्टाछट्टै १६ वटा चेक काटेको भेटिएको छ ।
लामिछानेको हस्ताक्षर गरेको चेकबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको भुक्तानी भएको छ । लामिछानेले एउटै चेक तीन करोड रुपैयाँसम्मको काटेको पाइएको छ । संसदीय छानबिन समितिकाे प्रतिवेदनमा लामिछानेको हस्ताक्षरमा गोरखा मिडियाबाट काटिएको चेकहरूको फेहरिस्त नै राखेको छ ।