गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी पक्राउ,रवि निगरानीमा

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ हप्ता अगाडि

काठमाडाैं ।सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन्।

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्न भएको आरोपमा जोशीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौँबाट पक्राउ गरेको हो।कास्की जिल्ला प्रहरीको पत्रका आधारमा समातिएका जोशीलाई अनुसन्धानका लागि पोखरा लगिएकाे छ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वनका लागि प्रहरीलाई निर्देशन दिए लगत्तै आरोपित पक्राउ पर्न थालेका छन्।  

यसैबीच, सहकारी प्रकरणमा छानबिन समितिले कारबाही सिफारिस गरेका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयमै नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन् ।  लामिछानेलाई समेत आजै पक्राउ गर्ने आशंकापछि उनी छलफलमा जुटेका हुन् ।

समितिले तयार पारेको प्रतिवेदनमा गोर्खा मिडिया नेटर्वकका तत्कालीन अध्यक्ष जितेन्द्र बहादुर (जिबी) राई, प्रबन्ध निर्देशक पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र सञ्चालक जोशीलगायतलाई कारबाहीको लागि सिफारिस गरेको छ।