पिताको स्मृतीमा निर्माता राईले दिए ८ लाखको सुन र चाँदि जडित ट्रफी

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , Sports/खेलकुद , प्रदेश , ३ हप्ता अगाडि

काठमाडौंँ, ७ असोज । चलचित्र निर्माता तथा नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक ज्योतिराज राईले सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’का लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित ट्रफी प्रदान गरेका छन् । आइतबार बेलबारीमा आयोजित एक बिशेष समारोहबिच उनले गोल्डकपका लागि ट्रफी आफैले निर्माण गरेर आयोजकलाई प्रदान गरेका हुन् । एल एक्स सिटी फुटबल क्लब अध्यक्ष बीक्रम बान्तावा राई र बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले ट्रफि बुझेका थिए ।

निर्माता राईले उक्त ट्रफी आफ्ना स्व. बुवा मेजर एन.बि. रुबमाहाब राईको स्मृति निर्माण गरेका हुन । ट्रफि निर्माणमा उनलाई परिवारका सदस्य पोपिराज राई, पवित्रा राई, सरला राई र नानू राईले साथ दिएका थिए । कार्यक्रममा राईले ट्रफी तयार गर्न करिब ८ लाख रुपैयाँ लागेको जानकारी गराए । खेलाडीहरुको हौसलाका लागि मैले ट्रफि बनाएको हो’, राइले भने आगामी दिनमा पनि जे सक्छु खेलाडीको
हौसलाका लागि सहयोग गर्छु ।’ कार्यक्रममा राईले २०४८÷०४९ सालमा आफ्ना बुवाको नाममा नकआउट फुटबल खेल आयोजना गरेको स्मरण गरे ।

निर्माता राईबाट प्राप्त ट्रफी तीन पटक लगातार विजेता बन्ने टोलीलाई ट्रफीको मुल्य अनूरूपको रकम प्रदान गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा ट्रफी बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राइ र निर्माता राईको हातबाट अनावरण समेत भएको थियो । सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ बेलबारी नगरपालिका वडा नँ ११ को लक्ष्मी खेल मैदानमा असोज ११ गतेदेखि १९ गतेसम्म आयोजना हुदैछ । प्रतियोगिताको आयोजना एल एक्स सिटी फुटबल क्लबले गर्दैछ ।