लगातारकाे वर्षाले कुलेखानी जलाशय भरियाे, सतर्कता अपनाउन आग्रह

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ हप्ता अगाडि

हेटाैंडा । लगातारको वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल ) भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्र, मकवानपुरका प्रमुख तारादत्त भट्टले एक सूचना जारी गर्दै कुलेखानी ड्याम केही घण्टामा नै भरिने स्थिति देखिएको हुँदा ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको भट्टले बताए।सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरू एवम् स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्न सूचनामा अनुरोध गरिएकाे छ ।