सहकारी ठगीमा फरार ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ हप्ता अगाडि

काठमाडाैं । सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।
उनलाई शुक्रबार नेपाल प्रहरीको अनुरोधमा भारतीय प्रहरीले नयाँ दिल्लीबाट पक्राउ गरिएकाे हाे ।

नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएकाे छ । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए ।

उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।