धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुईवटा माइक्रोबसबाट १४ शव निकालियो

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ हप्ता अगाडि

धादिङ । नागढुंगा र नाैबिसेकाेबिचमा पर्ने झ्याप्लेखोलामा आज बिहान पहिरोले पुरिएका दुईवटा
माइक्रोबसबाट १४ जनाकाे शव निकालिएको छ ।

लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ र अर्को नम्बर खुलिनसकेको माइक्रोबसबाट ९ शव निकालिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

त्यसवरपर अन्य सवारी साधनहरू पनि पुरिएकाे हुन सक्ने आशंकामा प्रहरीले घटनास्थलमा थप खोज तथा उद्धारको काम गरिरहेकाे छ। शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए ।