पहिरोमा अलपत्र परेका सवारी साधनलाई सुरुङमार्गबाट काठमाडौं पठायाे

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ हप्ता अगाडि

काठमाडौँ — पहिरोका कारण पृथ्वी राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं पठाएकाे छ।
पहिराेकाे मुखमा अलपत्र परेका सवारी साधनहरू त्यहाँ सवार यात्रुहरूको सहजताका लागि सुरूङमार्ग खुलाइएकाे हाे।
शनिबार पनि पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी स्थानीय रुटमा चल्ने गाडीबाट काठमाडौं ल्याइएको थियो । बीचसडकमै रोकिएका यात्रुलाई निर्माणाधीन सुरुङमार्गबाट काठमाडौं ल्याउन सडक विभाग र चन्द्रगिरी नगरपालिकाले सहजीकरण गरेका हुन् ।