झ्याप्लेखोला पहिरोमा पुरिएका सवारी साधनबाट अहिलेसम्म ३५ शव निकालियाे

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ हप्ता अगाडि

काठमाडाैं । धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोमा परेका सवारी साधनबाट ३५ शव निकालिएको छ ।

सुरक्षाकर्मीले उद्धारका क्रममा थप २१ जनाको शव निकालेकाे हाे । एउटा माइक्रोबाट १६ र बसबाट ५ शव निकालेकाे हाे । हिजो साेही स्थानमा पुरिएका दुईवटा माइक्राेबसबाट १४ जनाको शव निकालिएको थियो ।पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्राटुक्रा बनेकाले नम्बर पहिचान गर्नसमेत कठिन भएको प्रहरीले जनाएकाे छ ।

त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेको माइक्रोबस पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन । सुरक्षाकर्मीले अहिले पनि झ्याप्लेखोलामा गएको पहिरो पन्छाउने कामसँगै उद्धार कार्य जारी राखेको छ ।