बालक आए ‘प्रिया’ लिएर लिएर (भिडियो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , २ हप्ता अगाडि

काठमाडौं १४ असोज । गीतकार बालक गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ । यो गीतलाई गीतकार बालक गुरुङले नै संगीतवद्ध गरेका छन् ।
लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दीवेश राईले संगीत संयोजन गरेका छन् भने योगेन मुकारुङले यसलाई मिक्सिङ तथा माष्टरिङ गरेका छन् ।
यो गीत निकै रोमान्टिक बनेको छ । गायक राजेशपायल राईको गायकीमा एउटा बेग्लै मिठास सुन्न सकिन्छ । शब्दहरु प्रेमिल छन् भने संगीत पनि कर्णप्रिय छ । यो गीतको स्टुडियो छायांकनसहितको भिडियो पनि सार्वजनिक भएको छ । गीत रचनाको क्षेत्रमा तीन दशकदेखि सक्रिय बालक गुरुङ पछिल्लो दुई दशकदेखि गीतकारको रुपमा परिचित छन् ।

भिडियो :